नेपाललाई पाँचौं सफलता, आरिफले लिए विकेट
बिहीबार, १८ फागुन २०७९, १४ : २२

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा पाँचौं सफलता हात पारेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि आरिफ शेखले पाचौँ विकेट लिएका हुन् ।
आरिफले ३७ औं ओभरको चौथो बलमा अलिशान सर्फुलाई २ रनमा बोल्ड आउट गराएका हुन् ।
यसअघि नेपालका लागि सन्दीप लामिछानेले ३६ औं ओभरको तेस्रो बलमा आसिफ खानलाई ७२ रनमा क्याच आउट गराएका थिए ।