फस्टलुकमा यस्तो देखियो ‘प्रसाद २’
बिहीबार, १८ फागुन २०७९, १६ : ४४
काठमाडौँ । एसजी फिल्मस्सँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै तयार भएको फिल्म ‘प्रसाद २’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फषटलुकमा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालाई देख्न सकिन्छ । यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
लभ स्टोरी फिल्म निर्माण माहिर मानिएका सुदर्शन यसपटक सामाजिक कथावस्तु लिएर दर्शकमाझ आउँदैछन् । फिल्मको स्लोगन ‘माया भन्दा ठुलो नै क छ र’ राखिएको छ । यो फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् । सुभाष थापाको प्रस्तुतिमा यो फिल्म तयार भएको हो ।
फिल्म ‘प्रसाद २’ले जातियताको मुद्दालाई उठान गरेको छ । निर्देशक सुदर्शन थापाले फिल्मको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण