चीनद्वारा अमेरिकालाई ताइवानसँग हतियार कारोबार बन्द गर्न आग्रह

बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार संयुक्त राज्य अमेरिकालाई ताइवानसँग हतियार बिक्री लगायातका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गरेकी छन् । अमेरिकी विदेश मन्त्रालयले बुधबार ताइवानलाई नयाँ हतियार बिक्री गर्ने अनुमति दिएको छ । त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लङ्घन भएको बताएकी छन् ।
‘यस्ता कारोबारले चीनको सार्वभौमसत्ता र सुरक्षालाई कमजोर बनाउँछ र चीन-अमेरिका सम्बन्धका साथै ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई नोक्सान पुर्याउँछ,’ माओले चीनले यस्ता कार्यको दृढतापूर्वक विरोध गरेको उल्लेख गर्दै बताएकी छन् । ‘हामी संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिको मर्मलाई पालना गर्न, ताइवानसँग हतियार बिक्री र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्दछ’ उनले भनिन् । साथै प्रवक्ताले यस्ता गतिविधिले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने पनि बताएकी छन् ।
ताइवान चीनको अविभाज्य अङ्ग हो भन्ने कुरामा जोड दिँदै प्रवक्ता माओले ‘ताइवान स्वतन्त्रता’ तर्फ प्रजातान्त्रिक प्रगतिशील पार्टीका अधिकारीहरूको पृथकतावादी गतिविधि र चीनलाई नियन्त्रणमा राख्न ताइवानलाई प्रयोग गर्ने अमेरिकी प्रयास ताइवान स्ट्रेटमा तनावको मूल कारण भएको पनि बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा
-
दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम