चीनद्वारा अमेरिकालाई ताइवानसँग हतियार कारोबार बन्द गर्न आग्रह
बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार संयुक्त राज्य अमेरिकालाई ताइवानसँग हतियार बिक्री लगायातका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गरेकी छन् । अमेरिकी विदेश मन्त्रालयले बुधबार ताइवानलाई नयाँ हतियार बिक्री गर्ने अनुमति दिएको छ । त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लङ्घन भएको बताएकी छन् ।
‘यस्ता कारोबारले चीनको सार्वभौमसत्ता र सुरक्षालाई कमजोर बनाउँछ र चीन-अमेरिका सम्बन्धका साथै ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई नोक्सान पुर्याउँछ,’ माओले चीनले यस्ता कार्यको दृढतापूर्वक विरोध गरेको उल्लेख गर्दै बताएकी छन् । ‘हामी संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिको मर्मलाई पालना गर्न, ताइवानसँग हतियार बिक्री र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्दछ’ उनले भनिन् । साथै प्रवक्ताले यस्ता गतिविधिले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने पनि बताएकी छन् ।
ताइवान चीनको अविभाज्य अङ्ग हो भन्ने कुरामा जोड दिँदै प्रवक्ता माओले ‘ताइवान स्वतन्त्रता’ तर्फ प्रजातान्त्रिक प्रगतिशील पार्टीका अधिकारीहरूको पृथकतावादी गतिविधि र चीनलाई नियन्त्रणमा राख्न ताइवानलाई प्रयोग गर्ने अमेरिकी प्रयास ताइवान स्ट्रेटमा तनावको मूल कारण भएको पनि बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण