बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सितापाइलामा खुल्यो फिल्म हल

शुक्रबार, १९ फागुन २०७९, १५ : २४
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । सितापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् नामक फिल्म हल सञ्चालनमा आएको छ । निर्माता तथा हल व्यवसायी नरेन्द्र महर्जनले छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनासँगको सहकार्यमा हल ल्याएका हुन् । 

हलको बिहीबार साँझ चलचित्र  विकाश बोर्डका अध्यक्ष भुवन केसी, काठमाडौँ क्षेत्र नम्बर ८ सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारीलगायतले उद्घाटन गरेका थिए । 

कार्यक्रममा बोर्ड अध्यक्ष केसीले फिल्म हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताए । नयाँ फिल्म हल खुल्नु कलाकारका लागि खुसीको कुरा भएकाले गाउँ गाउँमा हल खोलिनुपर्ने बताए ।

सांसद श्रेष्ठ, उपमेयर अधिकारी लगायतले हलको सुरुवात भएका खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिए ।

अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको हलमा ३ सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको हलमा ७१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको सञ्चालक नरेन्द्र महर्जनले बताए । दुईवटा पर्दा रहेको हलमा शुक्रबारबाट फिल्म ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ रिलिज भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप