सितापाइलामा खुल्यो फिल्म हल
काठमाडौँ । सितापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् नामक फिल्म हल सञ्चालनमा आएको छ । निर्माता तथा हल व्यवसायी नरेन्द्र महर्जनले छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनासँगको सहकार्यमा हल ल्याएका हुन् ।
हलको बिहीबार साँझ चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी, काठमाडौँ क्षेत्र नम्बर ८ सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारीलगायतले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोर्ड अध्यक्ष केसीले फिल्म हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताए । नयाँ फिल्म हल खुल्नु कलाकारका लागि खुसीको कुरा भएकाले गाउँ गाउँमा हल खोलिनुपर्ने बताए ।
सांसद श्रेष्ठ, उपमेयर अधिकारी लगायतले हलको सुरुवात भएका खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिए ।
अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको हलमा ३ सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको हलमा ७१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको सञ्चालक नरेन्द्र महर्जनले बताए । दुईवटा पर्दा रहेको हलमा शुक्रबारबाट फिल्म ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ रिलिज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण