बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

हावाहुरीले फेवातालमा ४ वटा डुङ्गा पल्टिए

शनिबार, २० फागुन २०७९, १७ : २०
शनिबार, २० फागुन २०७९

पोखरा । हावाहुरीले फेवातालमा डुंगा दुर्घटना भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा परिवार नै  परेको बैदाम प्रहरी नायव उपरीक्षक वेद जोशीले बताए ।

‘परिवारसहित चढेको डुंगा पल्टेको थियो । सबैको उद्धार भएपनि एकजना वृद्ध आमा बेहोस हुनुहुन्छ । उहाँको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै छ,’ डिएसपी जोशीले भने । डुंगामा ७ जना सवार थिए । हावाहुरीले ४ वटा डुंगा पल्टे पनि सबैको उद्धार भएको  डीएसपी जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप