मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सुकुना चलचित्र मन्दिर पुनः सञ्चालनमा

आइतबार, २१ फागुन २०७९, ०९ : ४९
आइतबार, २१ फागुन २०७९

मोरङ । लामो समयदेखि बन्द अवस्थामा रहेको  विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । विराट सिने नामबाट उक्त  हल  सञ्चालनमा आएको हो । सो हलमा  नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म  निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिए । उनले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल सञ्चालनका लागि स्थानीयको साथ सहयोग हुन जरूरी रहेको बताए । 

तीन  लगानीकर्ताको रु चार करोडभन्दा माथिको रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएको उनले बताए। सो हलमा एक सय ३० सिट क्षमता  छ । सो हल विगत दुई दशकअघि स्थानीय गणेश खड्का, ईश्वरी विष्ट,केशव विष्ट लगायतले सञ्चालन गरेका हुन्।

सञ्चालक बस्नेतले भने, “अहिले एउटा पर्दा सञ्चालनमा आएको छ । अब केही समयपछि दोस्रो पर्दा सञ्चालनमा आउने छ ।” सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलको खाँचो भएकाले यस अभावलाइ विराट सिनेले पूरा गर्ने वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप