पानीको व्यवस्थापनपछि पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको सङ्ख्यामा वृद्धि
बारा । चुरे भावर क्षेत्रभित्र रहेको पर्सा राष्ट्रिय निकुञ्जले वन्यजन्तुहरूका लागि खानेपानीको व्यवस्था गरेपछि वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । निकुञ्जले प्राकृतिक रूपमा रहेका पानी पोखरीहरूको सफाइ तथा संरक्षण गर्नुका साथै कृत्रिम रूपमा निर्माण गरेका पोखरीहरूमा पानीको उपलब्ध गराएसँगै वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।
_NDzaDhiFu1.jpg)
सन् २०२२ मा भएको राष्ट्रिय बाघ गणनामा पर्सा राष्ट्रिय निकुञ्ज भित्र दुर्लभ पाटे बाघको सङ्ख्या ४१ वटा पुगेको छ । यो सङ्ख्या सन् २००३ मा भएको पहिलो बाघ गणनामा ३ वटा मात्रै थियो । त्यसैगरी पर्सा निकुञ्जभित्र १६३ वटा गौरीगाई, ४० देखि ५० वटा जङ्गली हात्ती र ८ देखि १० वटाको सङ्ख्यामा एकसिंगे गैँडा रहे पनि तथ्याङ्कमा ३ वटा गैँडा मात्रै उल्लेख भएको निकुञ्जले जनाएको छ ।
_coFjsPoxeH.jpg)
‘पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको सङ्ख्या बढ्नुमा मुख्य कारण त पानीको उपलब्धता नै हो’ निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले भने । निकुञ्जभित्र सबै प्रजातिका वन्यजन्तुको सङ्ख्या तथा वासस्थान फैलँदै गएको उनको भनाई छ ।
_gFMfi5X0qU.jpg)
पर्सा निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाई जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीहरूको वासस्थान रहेको छ ।
_WRjalYQCjt.jpg)
निकुञ्जका रेन्जर हिमाल पाठकले प्राकृतिक र कृत्रिम रूपमा भएका पानीको स्रोतहरूलाई संरक्षण तथा व्यवस्थापनको काम गरेको बताए । ‘निकुञ्ज भित्र विगतमा वन्यजन्तुहरूका लागि पानीको अत्यन्तै समस्या थियो तर अहिले प्राकृतिक र कृत्रिम रूपमा भएका पानीका स्रोतहरूलाई व्यवस्थित गर्ने काम भएपछि वन्यजन्तुका लागि अनुकूल वातावरण बन्दै गएको छ’ रेन्जर पाठकले भने ‘पानीको व्यवस्थापन भएपछि घाँसे मैदान समेत फैलँदै गएको छ भने पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ’ ।
_6se9EZMpfq.jpg)
निकुञ्जभित्र रहेका रातेमाटो पोखरी, कामिनी दह, काली दहजस्ता पोखरी र दहमा वर्षायाममा पानी भएपनि सुख्खा याममा यी पोखरी र दह सुक्दा वन्यजन्तुहरू निकै समस्यामा पर्थे । यी पोखरी र दहमा बाह्रैमास पानीको व्यवस्थापन गर्न निकुञ्जले प्राकृतिक पानीको व्यवस्थापनसँगै पाइपबाट खोलाको पानी पोखरीमा झार्ने व्यवस्था मिलाएपछि समस्या समाधान भएको हो ।
_DV6LLqMPHy.jpg)
करिब १६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उद्देश्यले २०४० सालमा बारा, पर्सा र मकवानपुरसँग सीमा जोडिएको जङ्गल क्षेत्रलाई समेटेर बनाइएको हो ।
_ogc8qXMkHp.jpg)
पर्सा वन्यजन्तु आरक्षलाई २०७४ सालदेखि निकुञ्जमा रूपान्तरण गरेसँगै पर्यटनको प्रवर्द्धन र विकास गर्न निकुञ्जभित्र हात्ती सफारी लगायतका कार्यक्रमहरू सञ्चालन भएका छन् । बाघ र गौरीगाईसँगै अन्य वन्यजन्तुको सङ्ख्यामा वृद्धि गर्ने सरकारी लक्ष्य अनुरूप जनावरको आहाराका लागि घाँसे मैदान र पोखरीको व्यवस्थापनमा निकुञ्जले विशेष जोड दिएको निकुञ्जले जनाएको छ ।
_tIBEfQOwO6.jpg)
यहाँको वन्यजन्तुलाई पर्यटनसँग जोडेर सुरक्षित रूपमा अवलोकनको व्यवस्था मिलाउन निकुञ्जले घाँसे मैदान र पोखरी भएको ठाउँमा भ्यु टावर र मचानको निर्माणलाई समेत उच्च प्राथमिकतामा राखेको छ । निकुञ्जका रेन्जर हिमाल पाठकले वन्यजन्तुहरूका लागि पानी पोखरी, घाँसे मैदान र मचानलाई एकीकृत रूपमा राखेर पोखरीको निर्माण गरिएको र मचानबाट वन्यजन्तुहरू चर्दै गरेको दृश्य सहज ढङ्गले अवलोकन गर्न सकिने बताए ।
_SnV0nITEgh.jpg)
‘जनावरहरूको उपलब्ध हुने ठाउँमा वन्यजन्तुको चोरी सिकारी बढ्ने भएकाले सुरक्षाकर्मी बस्न,राती गस्ती गर्न हामीले मचानलाई प्रयोग गरेका छौँ,’ पाठकले भने । चितवन राष्ट्रिय निकुञ्जको पूर्वपट्टिको विस्तारित क्षेत्रको रूपमा रहेको यो निकुञ्ज ५ सयदेखि ९५० मिटरसम्म अग्लो चुरे पर्वतले ढाकेको भावर क्षेत्र हो ।
_P72DmHncDW.jpg)
निकुञ्जको पूर्वमा रतनपुरको जङ्गल, पश्चिममा चितवन राष्ट्रिय निकुञ्जको सिकारीवास, उत्तरमा मध्यवर्ती क्षेत्र र दक्षिणमा पुरानो निर्मलबस्ती सुवर्णपुर रहेको छ । रमणीय तालतलैया, धार्मिक तथा ऐतिहासिक स्थलसँगै बाक्लो जङ्गल र दुर्लभ जीवजन्तुको आकर्षणले भरिएको निकुञ्ज पछिल्लो समय हात्ती सफारी गरी वन्यजन्तुको अवलोकन गर्ने एउटा सुन्दर पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गएको छ ।
_B2UTWZK7eO.jpg)
_09gJGdvatK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण