माओवादी शक्तिहरु एक भएमा विजयको यात्रा पुनः तय गर्न सकिन्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हजारौं सहिद र वेपत्ताका सपना बदनाम गराउँदैमा बदनाम नहुने बताएका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले हजारौं सहिदहरुका सपना दबाउँदैमा नदबिने बताए । ‘कार्ल माक्र्सले भन्या जस्तै कहाँ मर्छन् र सहिदहरु ? कहाँ बेपत्ता हुन्छन् र बेपत्ता योद्धाहरु ? ती इतिहासमा पटक पटक जीवित मान्छेलाई उत्प्रेरित गर्छन् । तिनीहरु कंकालबाट उठेर फेरि सडकमा जुलुस र नारा लगाएर निस्कन्छन्’ प्रचण्डले भने, ती हजारौं सहिदहरु ती हजारौं वेपत्ताहरु तिनका सपनाहरु बदनाम गराउन खोज्दैमा दबाउन खोज्दैमा दबिने छैन ।’
सबै माओवादी शक्तिहरु एक भएमा विजयको यात्रा पुनः तय गर्न सकिने प्रचण्डले बताए । ‘माओवादी धार एकजुट भएमा एउटा शक्ति हुन्छ । एकचोटी माओवादीहरु एक भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरु प्रतिक्रियावादी तत्वहरु कमजोर हुन्छन् । माओवादीले विजयको यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास बिल्कुल घटेको छैन’ प्रचण्डले भने । आफू प्रधानमन्त्री भएपछि काठमाडौँको जगडोलमा सम्पूर्ण सहिदहरुको नाम उल्लेख गरेको पार्कको उद्घाटन गरेको प्रचण्डले बताए ।
‘फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने औपचारिक र वैधानिक घोषणा भयो । यो अर्को एउटा कोशेढुंगा हो । जनयुद्धका सहिद र वेपत्तका पारिएकाहरुको त्याग, तपस्या र बलिदानलाई स्थापित गर्ने कुरा हो’ प्रचण्डले भने, ‘अहिले फेरि सहिद घोषणा भएकालाई राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रुपमा सम्मान गर्ने निर्णय भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण