पूर्वराजा ज्ञानेन्द्रप्रति लक्षित गर्दै प्रचण्डले भने– केही भुत प्रेतहरु बाटामा निक्लिँदैमा केही हुँदैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै केही भुत प्रेतहरु बाटामा निक्लिदैमा केही नहुने बताएका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले केही भुत प्रेत निक्लिँदैमा इतिहास र त्यागको कीर्तिमान कायम गरेका महान सहिदहरु नसिद्धिने जिकिर गरे ।
‘सरकारको तर्फबाट जनयुद्ध जनआन्दोलनलाई र त्यस आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद र वेपत्ता योद्धाहरुलाई सम्मान गर्ने एकपछि अर्को गर्दै अघि बढेको छ’ प्रचण्डले भने, ‘त्यसमा प्रक्रियावादीहरु कहीँ न कहीँ आतंकित भएका छन् । तिनीहरु फेरि एकपटक माओवादीबाट तर्सिएका छन् । माओवादीका नाममा तथानाम गाली गजौज गर्ने
विभिन्न खालका षड्यन्त्र गर्ने बदनाम गर्दै छन् ।’ माओवादीविरुद्ध निरन्तर षड्यन्त्र भइरहेकाले आफ्नो तर्फबाट भ्रमहरु चिर्न प्रचण्डले सबैलाई आग्रह गरे । ‘प्रतिक्रियावादीहरु रणनीतिक भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने रणनीतिमा छन्, माओवादीले त्यसको भर्म चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने हो’ उनले भने, ‘माओवादी एक ठाउँमा उभिएर जनतालाई अपिल गर्ने, सहिद वेपत्ताको सपना र भावनाहरुलाई पुरा गर्ने संकल्प गर्ने हो भने त्यो विजयको दिन हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण