मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभामा उठ्यो प्रदेश सरकार खारेजीको आवाज

आइतबार, २१ फागुन २०७९, १५ : २३
आइतबार, २१ फागुन २०७९

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा प्रदेश संरचना नै खारेजीको आवाज उठेको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन आह्वान गरिएको प्रदेश सभा बैठकमा सो आवाज उठेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य खिमा देवी बिष्टले प्रदेश सभाको संरचना नै खारेजी हुनुपर्ने माग राखेकी हुन् ।

उनले भनिन्, ‘यहाँ स्वार्थ प्राप्तिको राजनीति मात्रै भएको छ । जनताले संघीयता चाहेका थिएनन् । छैनन् पनि। संघीयताले देश डुबाउँछ भन्ने जनताको आवाज हो । यो संरचनाले भ्रष्टाचार मौलाउँछ । त्यसकारण प्रदेश सरकार, संरचना खारेजीको जोडदार माग गर्दछु ।’

उनले प्रदेशसभामा आफू प्रतिपक्षमा बस्ने घोषणा गरेकी छिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप