सुदूरपश्चिम प्रदेशसभामा उठ्यो प्रदेश सरकार खारेजीको आवाज
आइतबार, २१ फागुन २०७९, १५ : २३
कैलाली । सुदूरपश्चिम प्रदेश सभामा प्रदेश संरचना नै खारेजीको आवाज उठेको छ ।
मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन आह्वान गरिएको प्रदेश सभा बैठकमा सो आवाज उठेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य खिमा देवी बिष्टले प्रदेश सभाको संरचना नै खारेजी हुनुपर्ने माग राखेकी हुन् ।
उनले भनिन्, ‘यहाँ स्वार्थ प्राप्तिको राजनीति मात्रै भएको छ । जनताले संघीयता चाहेका थिएनन् । छैनन् पनि। संघीयताले देश डुबाउँछ भन्ने जनताको आवाज हो । यो संरचनाले भ्रष्टाचार मौलाउँछ । त्यसकारण प्रदेश सरकार, संरचना खारेजीको जोडदार माग गर्दछु ।’
उनले प्रदेशसभामा आफू प्रतिपक्षमा बस्ने घोषणा गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण