नेपाललाई दुई स्वर्ण
आइतबार, २१ फागुन २०७९, १९ : ०८
काठमाडौँ । नेपालले तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ ।
स्वर्णका अलावा नेपालले थप २ रजत पदक पनि जित्यो ।
श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी थिए ।
नेपालका लागि ९ वर्ष उमेर समूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जिते ।
पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सीमित भए । मार्च ४ तारिखमा भएको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलंकासहित ५ राष्ट्रको सहभागिता रहेको थियो ।
नेपाली कराँते टोलीको नेतृत्व नेपाल कराँते महासंघ महासचिव एवं दक्षिण एशियाली वादोरियो कराँते महासंघका अध्यक्ष हरिशरण केसीले गरेका थिए । टिम व्यवस्थापकमा जेनिश पन्थी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण