दोब्बर रकम कमाई हुन्छ भन्दै ठगी गर्ने युवक पक्राउ
काठमाडौँ । अनलाइनमा लगानी गरे रकम दोब्बर बनाइदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । जुम्ला घर भई हाल काठमाडौँ बस्ने २४ वर्षीय राज रोकायाले यसरी साढे ७ लाखभन्दा बढी रकम ठगी गरेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रोकायाले पीडितलाई सामाजिक सञ्जाल इन्सटाग्राममार्फत फलो गरी साथी बनाई कुराकानी गरी अनलाइनमा रकम लगानी गरे बापत दोब्बर हुन्छ भन्दै ठग्ने गरेका थिए ।
उनले ईसेवा, खल्ती जस्ता वालेटहरूमा रकम पठाउन लगाई उक्त रकम पाउनको लागि फारम लगायत फाइदा आएको रकम बापत लाग्ने चार्ज, अकाउन्ट अपडेट, एजेन्ट कमिसनलगायतका प्रयोजनमा रकम तिर्नुपर्छ भन्ने जस्ता विभिन्न बहाना बनाई रकम असुल्ने गरेको कार्यालयको भनाई छ ।
उनलाई काठमाडौँको नरेफाँटबाट पक्राउ गरी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि आइतबार जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण