एकीकृत समाजवादीद्वारा उपाध्यायको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका केन्द्रीय सदस्य एवं पार्टीको इन्जिनियरिङ विभाग इन्चार्ज सरोज उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयका सचिव गङ्गालाल तुलाधरले एक शोक विज्ञप्ति जारी गर्दै उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
तुलाधरले जारी गरेको शोक वक्तव्यमा उपाध्यायको निधनले पार्टीलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै उनको आकस्मिक निधनबाट पार्टी मर्माहत भएको उल्लेख छ । शोक विज्ञप्तिमा पार्टी निर्माणमा महत्त्वपूर्ण योगदान गरेका उपाध्यायप्रति श्रद्धाञ्जली अपर्ण गर्दै पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।
शोकको यस घडीमा शोकलाई शक्तिमा बदलेर पार्टी निर्माणमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक शुभचिन्तकहरूमा अनुरोध गरिएको छ ।
यसैबीच, उपाध्यायको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि यही फागुन २२ गते दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिने विज्ञप्ति जनाइएको छ । शनिबार शङ्खमूलस्थित एक रेष्टुराँको ६ तलाबाट लडेर घाइते भएका उपाध्यायको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण