बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबद्वारा बङ्गलादेशस्थित आफ्नो दूतावासका दुई पूर्व कर्मचारी पक्राउ

सोमबार, २२ फागुन २०७९, ०८ : ४८
सोमबार, २२ फागुन २०७९

साउदी अरबले बङ्गलादेशस्थित आफ्नो दूतावासका दुई पूर्व कर्मचारीलाई पक्राउ गरेको छ । साउदी अरबको भ्रष्टाचार विरोधी एजेन्सीले बङ्गलादेशस्थित आफ्नो दूतावासमा कार्यरत दुई पूर्व कर्मचारीलाई पक्राउ गरेको हो । उनीहरू दुवैलाई साउदीमा वर्क भिसा जारी गर्ने ठुलो घोटालामा संलग्न रहेको आरोप छ । यस धाँधलीमा अन्य ११ जना विरुद्ध पनि आरोप छ ।

साउदी अरेबियाको भ्रष्टाचार विरोधी प्राधिकरण नाजाले ट्वीटरमा यो जानकारी दिएको हो । पक्राउ पर्नेमा दूतावासको कन्सुलर विभागका पूर्व प्रमुख अब्दुल्लाह फलाह मुदी अल–शमारी र उनका सहयोगी खालेद नसर अयाद अल(काहतानी रहेका छन् ।

नाझाका अनुसार यस धाँधलीमा आन्तरिक मन्त्रालयका दुई अधिकारी, आठ बङ्गलादेशी नागरिक र एक प्यालेस्टिनी लगानीकर्ता पनि संलग्न छन् ।

यी अधिकारीहरूले दूतावासमा काम गर्दा वर्क भिसा जारी गरे बापत १४.४ मिलियन डलर प्राप्त गरेको बताइएको  छ । यो रकम किस्ताबन्दीमा दिइएको थियो ।

डेली स्टारका अनुसार दुवै अभियुक्तले घुसको रकम साउदी अरब पठाएको र केही अंश विदेशमा लगानी गरेको स्वीकार गरेका छन् ।

यस्तै करिब दुई महिनाअघि साउदीका तीन जना अधिकारीलाई परमिट जारी गर्नका लागि भर्ती एजेन्सीबाट घुस लिएको आरोपमा निलम्बन गरेको डेली स्टारले जानकारी दिएको छ । तेस्रो कर्मचारीको नाम भने सार्वजनिक गरिएको छैन । तीमध्ये दुई जना अधिकारी अहिले पक्राउ परेका छन् ।

साउदी र बङ्गलादेशी मिडियामा भनिए अनुसार करिब एक वर्ष पहिले ढाकास्थित साउदी दूतावासले नियम उल्लङ्घन गरी भर्ती गर्ने एजेन्सीहरूबाट प्रत्येक वर्क भिसाका लागि २२० देखि २५० डलर लिन थालेको थियो ।

धाँधलीमा संलग्न केही अभियुक्तको घरमा छापा मारेर ५० लाखभन्दा बढी नगद, सुन र सवारीसाधन बरामद गरिएको छ ।

नाजाका अनुसार यो सबै साउदीमा वर्क भिसा बेचेर आम्दानी गरिएको खुलेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप