एकीकृत समाजवादीका नेता सरोजको पार्थिव शरीर २ घण्टा पार्टी कार्यालयमा राखिने
सोमबार, २२ फागुन २०७९, १० : ५०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं पार्टीको इन्जिनियरिङ विभाग इन्चार्ज सरोज उपाध्याय (नेपाल) को पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका सोमबार २ घण्टा पार्टी कार्यालयमा राखिने भएको छ । दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिएका छन् । त्यसपछि आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
शनिबार शङ्खमूलस्थित एक रेष्टुराँको ६ तलाबाट लडेर घाइते भएका उपाध्यायको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा सोही दिन निधन भएको थियो । उपाध्यायको निधनले पार्टीलाई अपूरणीय क्षति भएको एकीकृत समाजवादीले जनाएको छ । सरोज एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाइ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण