नागरिक उन्मुक्ति पार्टीको लुम्बिनी प्रदेश कमिटी विस्तार
बाँके । नागरिक उन्मुक्ति पार्टीको लुम्विनी प्रदेश समिति विस्तार भएको छ । कोहलपुर नगरपालिका–२ बाँकेस्थित पार्टीको जिल्ला कार्यसमितीको सभा हलमा आइतबार बसेको भेलाले ४५ सदस्यीय लुम्विनी प्रदेश कमिटि विस्तार गरेको छ । जसमा ४० जना थारू समुदायकै रहेका छन् ।
यस क्रममा दाङकी शान्ता चौधरी प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको पार्टीका पूर्व प्रदेश प्रमुख कनैलाल चौधरीले बताए । त्यस्तै, उपाध्यक्षमा सरोज सिंह चौधरी (रुपन्देही), चन्द्र बहादुर विक (बर्दिया), राम मिलन थारू (कपिलवस्तु) रहेका छन् ।
त्यस्तै, सचिवमा हिंक लाल चौधरी (दाङ), सहसचिवमा सञ्जय काजी (नवलपरासी) तथा कोषाध्यक्षमा मनकुमारी थारू (बाँके) रहेका छन् ।
प्रदेश समिति सदस्यमा दाङबाट कनैलाल चौधरी, प्रभा चौधरी, मानबहादुर वली, दयावति चौधरी, कविराम चौधरी, सन्तराम पुन मगर र सन्दिप चौधरी छानिएका छन् । उता नवलपरासीबाट गंगादेवी चौधरी, मिठाई लाल चौधरी, विसराम चौधरी, कुन्दन लाल चौधरी, शिला चौधरी, दीपेन्द्र चौधरी क्रिस्ति प्रसाद चौधरी रहेका छन् ।
रुपन्देहीबाट माधव थारू, चन्द्रिका कठरिया, केशव चौधरी, नन्दराम कोहार, सुनिता चौधरी कपिलवस्तुबाट भक्कु प्रसाद थारू, महारानी थारू, श्रीनिवास थारू, जगविर थारू, हरिकला थारू, अर्जुन थारू तथा उमेश थारू चयन भएका छन् ।
यसै गरी बाँकेबाट सोमराज थारू, रन्जिता चौधरी, शान्ता नेपाली, अंगिया थारू, विसरानी थारू, धन बहादुर बुढा तथा बर्दियाबाट मोहन डिसी, नुनिराज चौधरी, श्रीकृष्ण थारू, आकाश थारू ‘सोमती’, पल्टुराम थारू साहित्य बखरिया उल्टह्वा थारु रहेका छन् ।
४५ सदस्यीय लुम्विनी प्रदेश कमिटिमा ४० जना थारू समुदायकै कमिटी गठन गरिएपछि पार्टी सीमित समुदायमा खुम्चिने त होइन भन्ने चर्चा पनि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण