ए डिभिजन लिग : चर्च ब्वाइजको लगातार दोस्रो जित
मङ्गलबार, २३ फागुन २०७९, १८ : ५०
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो जित निकालेको छ । मंगलबार दिउँसो एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।
चर्च ब्वाइजको जितमा आशिष चापागाईंले दुई र एरिक विष्टले एक गोल गरे । खुमलटारका मेसुके ओलुमोउले एक गोल गरे । जितसँगै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चर्च ब्वाइजले २ खेलमा ६ अंक जोडेको छ । लिगको पहिलो खेलमा चर्च ब्वाइजले पुलिस क्लबलाई हराएको थियो । अर्को खेलमा थ्री स्टार र फ्रेण्ड्स क्लबले ३–३ गोलको बराबरी खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण