शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : चर्च ब्वाइजको लगातार दोस्रो जित

मङ्गलबार, २३ फागुन २०७९, १८ : ५०
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो जित निकालेको छ । मंगलबार दिउँसो एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज लगातार दोस्रो जित निकाल्न सफल भएको हो । 

चर्च ब्वाइजको जितमा आशिष चापागाईंले दुई र एरिक विष्टले एक गोल गरे । खुमलटारका मेसुके ओलुमोउले एक गोल गरे । जितसँगै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चर्च ब्वाइजले २ खेलमा ६ अंक जोडेको छ । लिगको पहिलो खेलमा चर्च ब्वाइजले पुलिस क्लबलाई हराएको थियो । अर्को खेलमा थ्री स्टार र फ्रेण्ड्स क्लबले ३–३ गोलको बराबरी खेलेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप