रविको मुद्दामा अदालतको आदेश– नेपालमा दल खोल्ने वा उम्मेदवार हुने अधिकार नेपाली नागरिकलाई मात्र

काठमाडौँ । संवैधानिक इजलासले रवि लामिछानेको मुद्दामा फैसला गर्दै ‘नेपाली नागरिक नभएका व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने वा संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नरहने’ प्रस्ट पारेको छ ।
यस सम्बन्धी मुद्दाको फैसला केही अघि नै भए पनि पूर्ण पाठ भने मंगलबार सार्वजनिक भएको हो । फैसलाको पूर्णपाठमा भनिएको छ, ‘संविधानको धारा ८४ मा रहेको प्रावधान अनुसार नेपाली नागरिकलाई मात्र संघीय कानुन बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार रहन्छ ।’
नेपालको संविधानको धारा २९१ मा रहेको ‘यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन’भन्ने प्रावधानलाई पनि फैसलाको पूर्ण पाठमा उद्धृत गरिएको छ ।
फैसलामा भनिएको छ, ‘यसको तात्पर्य नेपालको शासकीय हैसियत प्राप्त गर्न नेपाली माटो, नेपाली कानुन र नेपाली राष्ट्रियता प्रति विधिवत् समर्पित रहेको हुनुपर्छ भन्ने पनि हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
-
पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा
-
विद्यालय शिक्षा ऐन गोजीमा हालेर घर फर्किनुभयो ?
-
निरन्तर घट्दै निक्षेपको ब्याजदर, कुन खातामा कति पाइन्छ ?
-
इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्दै हमास
-
उपाधि डीएभी सुशील केडियाको पोल्टामा, फाइनलमा गेटवेलाई हरायो