कर्णाली प्रदेशमा तीन जनाको शव फेला
सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा तीन जनाको शव फेला परेको छ । सुर्खेत, हुम्ला र रुकुम पश्चिम गरी तीन जिल्लामा तीन जनाको शव फेला परेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतको लेकबेशी नगरपालिका–६ स्थित भेरी नदीको किनारमा एक महिलाको शव फेला परेको छ ।
महिलाको शव देखेपछि स्थानीयले प्रहरी चौकी रामघाट सुर्खेतमा जानकारी गराएका थिए । उक्त चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर शव नदीबाट निकालेको थियो । उक्त शव भेरीगंगा नगरपालिका–४ बाहुने चौर बस्ने ७२ वर्षीय जैसरा भाट खत्रीको रहेको मृतकको छोरा जीतबहादुर खत्रीले घटनास्थलमा गई सनाखत गरेको प्रहरीले जनाएको छ ।
यस्तै, हुम्लाको सर्केगार्ड गाउँपालिका–२ उनापानी स्थित कर्णाली नदीको किनारमा पुरुषको शव फेला परेको छ । कर्णाली नदीको किनारामा शव देखेपछि खार्पुनाथ गाउँपालिका–४ नल्लाका सुरेन्द्र शाहीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनको पहिचान खुल्न सेकेको छैन ।
यस्तै रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ गोरे भिरमा पनि एक जनाको शव फेला परेको छ । पहिचान नखुलेको अन्दाजी ४०/४२ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण