नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न कांग्रेस मकवानपुरको माग
काठमाडौँ । नेपाली कांग्रेस मकवानपुरले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेको छ। मकवानपुर सभापति बुद्ध लामाले बुधबार सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन्। ‘नेपाली कांग्रेस मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटा नै आधिकारिक अध्यक्ष रहेको स्मरण गराउँदै नेविसंघ मकवानपुरलाई कमजोर बनाउने भूमिकामा लागेका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न अनुरोध छ,’ लामाको पत्रमा भनिएको छ।
नेविसंघ मकवानपुरले सभापति अध्यक्ष सुवास सापकोटाको नेतृत्वमा स्ववियु निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको र पार्टीका तर्फबाट सहसचिव इन्दिरा न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय स्ववियु परिचालन समितिसमेत गठन गरिएको सभापति लामाको भनाइ छ । ‘हाल आएर नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाले कांग्रेस कार्यसमितिले सिफारिस गरेको अध्यक्षसमित कार्यसमितिलाई बर्खिलाप गरी स्ववियु चुनावमा नेविसंघलाई असफल बनाउने भूमिका साथ मकवानपुरमा नेविसंघ साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाइएको देखिएकोले गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ।
नेविसंघ अध्यक्ष शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै भिषण ठकुरी नेतृत्वको जिल्ला कार्यसमितिबाहेक अरू कुनै पनि कार्यसमिति अस्तित्वमा नरहेको उल्लेख गरेका छन्। सहमहामन्त्री डिना उपाध्यक्ष र केन्द्रीय सदस्य कुन्दन काफ्लेको जोडबलमा ठकुरीलाई अध्यक्ष बनाइएको नेपाली कांग्रेस मकवानपुरको ठहर छ । सुवास सापकोटा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ निकट हुन् ।
यसअघि कांग्रेस दोलखा सभापति बर्मा लामाले पनि देउवालाई पत्र पठाउँदै नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका थिए । दोलखामा पनि केन्द्रीय सदस्य काफ्ले र पार्टी जिल्ला सभापति बर्मा लामाको लडाइ छ । लामाको सिफारिस विपरीत अध्यक्ष शेर्पाले अर्को व्यक्तिलाई अध्यक्ष तोकेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण