साँखुमा दुर्घटना, दुईजना मोटरसाइकल चालकको मृत्यु
बुधबार, २४ फागुन २०७९, २२ : ५१
काठमाडौँ । काठमाडौंको साँखुमा दुर्घटना हुँदा दुईजना मोटरसाइकल चालकको मृत्यु भएको छ । शंखरापुर नगरपालिका–९ स्थित इन्द्रेणी चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा शंखरापुर नगरपालिका–७ बस्ने ५० वर्षीय पवनलाल श्रेष्ठ र शंखरापुर–९ घर भएका २१ वर्षीय अनिश खड्का छन् । श्रेष्ठ बा.९४ प ४४९८ नम्बरको मोटरसाइकलमा थलीबाट साँखुतर्फ जाँदै थिए । अनिश खड्का बा.८२ प ८३५७ नम्बरको मोटरसाइकलमा थलीतर्फ आउँदै थिए ।
अनिशभन्दा पछाडिबाट आउँदै गरेको टिप्परले मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ । तर, प्रत्यक्षदर्शीले टिपर पछाडि नै रहेको जिकिर गरेका छन् । घटनाबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ । टिप्पर चालक फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण