आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

साँखुमा दुर्घटना, दुईजना मोटरसाइकल चालकको मृत्यु

बुधबार, २४ फागुन २०७९, २२ : ५१
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । काठमाडौंको साँखुमा दुर्घटना हुँदा दुईजना मोटरसाइकल चालकको मृत्यु भएको छ । शंखरापुर नगरपालिका–९ स्थित इन्द्रेणी चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा शंखरापुर नगरपालिका–७ बस्ने ५० वर्षीय पवनलाल श्रेष्ठ र शंखरापुर–९ घर भएका २१ वर्षीय अनिश खड्का छन् । श्रेष्ठ बा.९४ प ४४९८ नम्बरको मोटरसाइकलमा थलीबाट साँखुतर्फ जाँदै थिए । अनिश खड्का बा.८२ प ८३५७ नम्बरको मोटरसाइकलमा थलीतर्फ आउँदै थिए ।

अनिशभन्दा पछाडिबाट आउँदै गरेको टिप्परले मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ । तर, प्रत्यक्षदर्शीले टिपर पछाडि नै रहेको जिकिर गरेका छन् । घटनाबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ । टिप्पर चालक फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप