सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

राष्ट्रपति निर्वाचन : ४२९ मत खस्यो

बिहीबार, २५ फागुन २०७९, १२ : ४९
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनमा अहिलेसम्म ४२९ मत खसेको छ । संघीय संसद भवन बानेश्वरमा जारी मतदानमा पौने १२ बजेसम्म संघीय संसदतर्फ २१९ र प्रदेशतर्फ २१० मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र  प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप