मातातीर्थ क्षेत्रका तस्बिर प्रदर्शनी हुँदै
काठमाडौँ ।प्रसिद्ध तीर्थस्थल मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरको प्रदर्शनी हुने भएको छ । आगामी चैत ३ गते शुक्रबार चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित वडा कार्यालय हातामा हुने सो प्रदर्शनीमा मुख्य गरी क्यानेडियन नागरिक लियो गौलेटले सन् १९७३ ताका सो क्षेत्रमा कैद गरेका तस्बिरको समावेश हुने छ ।
गौलेट पहिलोपटक मातातीर्थ क्षेत्रमा आइपुगेका ५० वर्ष पुगेको अवसर पारेर उनीसँगको अन्तक्रियात्मक कार्यक्रमसहित एकदिने फोटो प्रदर्शनी आयोजना गरिने कार्यक्रम संयोजक जीवन नेपालले जानकारी दिए ।
प्रदर्शनीमा चन्द्रागिरि नगर क्षेत्रका अन्य पुराना चित्र तथा तस्बिरसमेत समावेश हुनेछन् । तत्कालीन प्रधानमन्त्री माथवरसिंह थापाका पालामा विसंं १९०१ सालमा नेपाल भ्रमणमा आएका तत्कालीन पर्सियाका राजकुमार फ्रेडरिक विल्हेम वाल्डेमारले थानकोट क्षेत्रमा कोरेका चित्र पनि प्रदर्शनीमा समावेश गरिने संयोजक नेपालले बताए ।
क्यानेडियन नागरिक लियो संयुक्त राष्ट्रसङ्घीय मिसनमा कार्यरत रहँदा पहिलोपटक सन् १९७३ मा मातातीर्थमा आएका थिए । प्रदर्शनीमा राखिने एक सय ७६ तस्बिरमध्ये ४२ तस्बिर पहिले र अहिले शीर्षकमा समावेश गरिने बताइएको छ । पाँच दशकअघि र अहिलेको गाउँघरमा कस्तो परिवर्तन आयो भन्ने विषयको अध्ययनका लागि प्रदर्शनी फलदायी हुने अपेक्षासहित प्रदर्शनी आयोजना गर्न लागिएको चन्द्रागिरि नगरपालिका वडा नं ८ का अध्यक्ष प्रल्हाद रिजालले बताए । प्रदर्शनीमा समावेश हुने सबै तस्बिरहरू नेपालका पुराना तस्बिर सङ्कलन गर्ने संस्था फोटो म्युजियम नेपालले उपलब्ध गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण