मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

तनहुँ –१ मा उपनिर्वाचन हुने, गोविन्द र दीपकको दाबी

बिहीबार, २५ फागुन २०७९, २३ : ३०
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुने भएको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ १ बाट निर्वाचित भएका थिए । बिहीबार उनी गणतन्त्र नेपालको चौथो राष्ट्रपति भएपछि तनहुँ– १  सांसदविहीन भएको हो ।

संविधानको धारा ६८ को उपधारा ६ मा ‘निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धारा बमोजिम राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः खारेज हुन्छ,’ भनि उल्लेख गरिएको छ । पौडेलको सांसद आजै पद स्वतः खारेज भएकाले तनहुँ १ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभामा रिक्त हुने सबै क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन पश्चात रिक्त हुने निर्वाचन क्षेत्र लगायत सबै स्थानमा एकै पटक उपनिर्वाचनका गर्ने तयारी भइरहेको आयोगका सह प्रवक्त सुर्य प्रसाद अर्याललले बताए ।

नागरिकका वैध नभएपछि चितवन– २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भएको थियो । चितवन –२ मा आगामी वैशाख १० गतेका लागि निर्वाचनको मिति घोषणा भएको छ । तनहुँमा उपनिर्वाचन हुने भएपछि कांग्रेसमा उम्मेदवारका आकांक्षीहरु आन्तरिक तयारीमा लागेको देखिन्छ । कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराई उम्मेदवारको आकांक्षी देखिएका छन् । ०७४ मा तनहुँ १ को ९क०बाट प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए । यसपटक उनी प्रदेशसभा सदस्य लड्न चाहेनन् ।

संघमा पौडेलले चुनाव लड्ने भएपछि गोविन्दको नाममा समानुपातिकमा राखिएको थियो । तर उनले समानुपातिकका नबस्ने भन्दै आफ्नो नाम फिर्ता लिएका थिए । ८ दलीय गठबन्धनबाट पौडेल राष्ट्रपतिको उम्मेदवार बनेपछि गोविन्द उपनिर्वाचनको तयारीका लागि फागुन १४ गतै नै तनहुँ लागेका थिए । तनहुँबाट फर्किएर उनले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका थिए । देउवाले टिकट दिने बचन दिएको भट्टराईको भनाइ छ । तर पौडेल निकट दीपक पनि उम्मेदवारको आकांक्षीका रुपमा अगाडि आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप