नेपाली जनप्रगतिशील मञ्च जर्मनीद्वारा प्रचण्डविरुद्धको मुद्दाबारे गम्भीर ध्यानाकर्षण
काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च जर्मनीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दायर गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तत्कालिन नेकपा माओवादी र सात राजनैतिक दलकाबीचमा बृहत् शान्ति सम्झौता सम्पन्न भई मुलुक उक्त प्रक्रियामा प्रवेश गरेको स्मरण गर्दै मञ्चले विस्तृत शान्ति सम्झौता नेपालको अन्तरिम संविधान २०६३ को अभिन्न अंग बनिसकेको स्पष्ट गरेको छ ।
मन्चका अध्यक्ष गोविन्द भण्डारीले जारी गरेको विज्ञप्तिमा द्वन्द्वकालीन अवस्थामा भएका घटनाहरूको छानबिन र निरूपणको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भई कामकारबाही अगाडि बढेको सन्दर्भमा गलत उद्देश्यका साथ रिट दायर गरिएको जिकिर गरिएको छ ।
‘मुलुकमा शान्ति बहाल हुन नदिन जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई नष्ट गर्न यसको सुरुवातदेखि नै विभिन्न व्यक्ति र शक्ति केन्द्रहरू लागि परेको कुरा न्याय प्रेमी नेपाली जनताबाट लुकेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रलाई पुनः द्वन्द्वमा फसाएर आफ्नो आपराधिक स्वार्थको खेती गरिरहेका तत्त्वहरूसँग सम्मानित सर्वोच्च अदालत सचेत नै छ भन्नेमा हामी विश्वस्त छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बोलायो पूर्वपदाधिकारी बैठक
-
करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन
-
प्रतिनिधिसभामा चार विधेयक टेबुल
-
पूर्वी चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का
-
आत्मदाह प्रयासपछि गणेश नेपालीको पक्षमा सडकमा उत्रिए मुगुवासी, तस्बिरहरू
-
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण