बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु

बिहीबार, २५ फागुन २०७९, २० : २३
बिहीबार, २५ फागुन २०७९

बाजुरा । भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु भएको छ । विद्यालय जाने क्रममा भिरबाट लडेर बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बडीमालिका नगरपालिका–६ कोर्ध फडील्लाकी ६ वर्षीया कमला बडुवालको आज बिहान लडेर मृत्यु भएको हो । उनी सोही वडामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिइन् । विद्यालय गाउँबाट टाढा हुँदा बिहान ९ बजे घरबाट हिँडेकी थिइन् ।

कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा बाटो अप्ठ्यारो हुँदा खुट्टा चिप्लिदा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।-न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप