शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डमाथिको मुद्दा माओवादी आन्दोलनलाई धरासायी पार्ने षड्यन्त्र हो : धर्मेन्द्र बास्तोला

बिहीबार, २५ फागुन २०७९, २१ : १५
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ ।  नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले गणतन्त्र नेपाल र पुरै माओवादी आन्दोलनलाई धरासायी पार्ने योजना अनुरुप प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा लगाइएको बताएका छन् । बिहीबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस विषयमा सबै एकजुट भएर मुकाविला गर्नुपर्नेमा जोड दिए ।

बास्तोलाले प्रचण्डमाथिको मुद्दा राजनीतिक भएको तर त्यसलाई व्यक्तिगत बनाई कानुनीरुपमा अगाडि ल्याएर माओवादी आन्दोलनलाई सखाप पार्ने कदमको विकास गर्न खोजेको आरोप लगाए ।

माओवादी आन्दोलन निरन्तर प्रगतिको बाटोमा हिँड्ने दाबी गर्दै उनले त्यसलाई जसरी पनि रोक्नु प्रतिक्रियावादीहरुको लक्ष्य भएकाले षड्यन्त्र रच्ने काम भएको बताए । 

पछिल्लो विकसित घटनाका विरुद्ध मिल्नसक्ने जति सबै शक्तिहरु एकठाउँमा आउनु नै क्रान्तिकारिता हुने बताउँदै उनले भने,“प्रचण्डसँग हाम्रा आआफ्नै किसिमका विमति हुँदाहुँदै पनि हाम्रो धरातलमाथिको हमलालाई निस्तेज पार्न एकजुट हुनुको विकल्प छैन ।”

यस्तै उक्त कार्यक्रममा नेकपा बहुमतका प्रवक्ता हेमन्त प्रकाश ओलीले पनि जनवादी संस्कृतिबारे आफ्नो धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप