प्राधिकरण र तल्लो इन्द्रावतीबीच पीपीए सम्झौता
काठमाडौँ । तल्लो इन्द्रावती जलविद्युत आयोजना र विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । बिहीबार प्राधिकरण र आयोजनाबीच पीपीए सम्झौता भएको कम्पनीका अध्यक्ष कुमार पाण्डेले जानकारी दिए ।
तल्लो इन्द्रावती जलविद्युतको निर्माण नेश्नल हाइड्रोपावर कम्पनी लिमिटेडले गरिरहेको छ । उक्त आयोजनाको कूल उत्पादन क्षमता ४.१५ मेगावाट रहेको छ ।
नेश्नल हाइड्रोपावरले १४ मेगावाट क्षमताको लोअर इखुवा खोला जलविद्युत आयोजनाको समेत निर्माण समेत अघि बढाइरहेको छ । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पीपीए सम्झौता प्राधिकरणको नियमित काम भएको बताए ।
उनले तल्लो इन्द्रावती आयोजना निवर्तमान ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री राजेन्द्र लिङ्देनले पीपीए खुलाएको १५५३ मेगावाट अन्तर्गतको आयोजना भने नभएको बताए । उनले भने, ‘पीपीए सम्झौता खुलेपछि सम्बन्धित आयोजनाहरु डकुमेन्ट तयार गर्दैछन् । उनीहरुलाई कम्तिमा पनि ३÷४ महिना लाग्छ । यो पीपीए पुरानै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण