चार देशको बैठकलाई इरानद्वारा स्वागत
शुक्रबार, २६ फागुन २०७९, १२ : ४६

दमास्कस् । इरानले आगामी दिनमा हुन लागेको सिरिया, टर्की, इरान र रुसको संयुक्त बैठकको स्वागत गरेको छ । हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहले यी चार देशका उपविदेशमन्त्रीहरुको सो संयुक्त बैठकको स्वागत गरेका हुन् ।
यी चार देशका उपविदेशमन्त्रीहरुको बैठक आगामी हप्ता रुसको राजधानी मस्कोमा आयोजना गरिएको छ । सो बैठकमा खासगरी क्षेत्रीय सुरक्षा र विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरुमा छलफल हुने बताइएको छ ।
रुस र युक्रेनका बीचमा जारी रहेको युद्ध र यसका कारण सो क्षेत्रमा उत्पन्न भएको परिस्थितिका बारेमा पनि सो बैठकमा कुराकानी हुने बताइएको छ । हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्रीले सो बैठक मध्यपूर्वी क्षेत्रमा विकसित पछिल्लो परिस्थितका बारेमा पनि छलफल हुने भन्दै त्यसको स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा म्युजिक अवार्डको पाँचौ संस्करण हुने
-
दरबार र गौर हत्याकाण्डको अनुसन्धान गर्छु : प्रधानमन्त्री
-
महोत्तरीमा दिनदहाडै बैंक लुटियो
-
चक्कुको २० प्रहार, त्यसपछि ढुङ्गाकाे आघात : प्रेमीले गरिदिए १६ वर्षीयाकाे हत्या, सिसिटिभीमा कैद
-
बजेटबारे एमालेको टिप्पणी : राजस्व लक्ष्य पूरा हुँदैन, स्रोतको सुनिश्चितता छैन
-
एमालेमा युवाको अवस्था र अबको भूमिका