चार कम्युनिष्ट पार्टीद्वारा संयुक्त मोर्चाको घोषणा
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी नेपाल, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त मोर्चालाई ‘समाजवादी देशभक्त मोर्चा’ को नाम दिएका छन् ।
चार क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणबाट देशलाई मुक्त पार्ने र नेपालमा दलाल पुंजीवादी सत्ता एवम् दलाल संसदीय व्यवस्थाको समुल नष्ट गरी नेपाली शोषित वर्ग र उत्पीडित समुदायको राज्यव्यवस्था स्थापना गर्ने जनक्रान्तिको हतियार हो ’ संयुक्त मोर्चा घोषणापछि जारी विज्ञप्तिमा भनिएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण