सामसुङ स्मार्ट प्लाजा अब धनगढीमा
काठमाडौँ । नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सल धनगढीस्थित पुष्पलाल चोकमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ। शाखाको उद्घाटन हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापा र कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सका कलाधर ठाकुरले शुक्रबार उद्घाटन गरे ।
सुविधा सम्पन्न सो सामसुङ स्मार्ट प्लाजामा ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गरिने जनाइएको छ । ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोन ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्ने जनाइएको छ ।
सामसुङ स्मार्ट प्लाजाका संचालक शिव शङ्कर ठाकुर रहेका छन् । उक्त अवसरमा प्लाजाका प्रबन्धक ठाकुरले धनगढीका ग्राहकहरूको बढ्दो मागको आपूर्तिका निम्ति यस सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण