स्ववियु निर्वाचन : महेन्द्र मोरङमा सिंगल–सिंगल

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मोरङका अधिकांश त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा मनोनयन दर्ता भएका छन् ।
प्राप्त जानकारी अनुसार एमाले निकट अनेरास्ववियुको नेतृत्वमा मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा काँग्रेस निकट नेविसंघ बाहेकको गठबन्धन बनेको छ । त्यहाँ अखिल क्रान्तिकारीले सचिव र सदस्य लिएर एमाले अखिललाई सघाउने भएको हो । यस्तै पूर्वाञ्चलकै सबैभन्दा ठूलो क्याम्पसको रूपमा परिचित महेन्द्र मोरङ क्याम्पसमा भने नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले छुट्टा–छुट्टै मनोनयन गर्दा गराएका छन् ।
अखिल क्रान्तिकारीले भने जसपाको विद्यार्थी संगठनलगायत केही साना विद्यार्थी संगठनसँग गठबन्धन गरेको छ । क्रान्तिकारीले अध्यक्ष र सचिव लिएको छ भने कोषाध्यक्ष र केही सदस्य जसपा निकट विद्यार्थी संगठनलाई दिइएको क्रान्तिकारी मोरङका इन्चार्ज टेकेन्द्र क्षेत्रीले जानकारी दिए ।
यस्तै मोरङको पथरी क्याम्पसमा नेविसंघले अध्यक्ष र सचिव लिएर क्रान्तिकारी विद्यार्थी संगठनलाई कोषाध्यक्ष दिइएको छ । यस्तै कानेपोखरीस्थित रमाइलो बहुमुखी क्याम्पसमा भने क्रान्तिकारीको नेतृत्वमा नेविसंघले सचिव र कोषाध्यक्ष लिने सहमति भएको छ ।
उता, मोरङको चर्चित क्याम्पसको रूपमा परिचित सुकुना बहुमुखी क्याम्पसमा भने नेकपा (एस) निकट अनेरास्ववियूले अध्यक्ष, नेविसंघले सचिव र अखिल (क्रान्तिकारी)ले कोषाध्यक्ष लिने गरी गठबन्धन भएको छ ।
यस्तै लेटाङ क्यापसमा र विराटनगरस्थित नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघले लिने गरी सहमति भएको छ । केराबारीमा खदम क्याम्पसमा भने अखिल क्रान्तिकारीको अध्यक्षतामा नेविसंघले सचिव लिएर सहमति भएको बताइएको छ । यद्यपि सो क्याम्पसमा मनोनयन भने आइतबार हुनेछ । यस्तै विराटनगरमा रहेको डिग्रि क्याम्पसको अध्यक्षमा अखिल क्रान्तिकारी र सचिव तथा कोषाध्यक्षमा नेविसंघ रहने गरी सहमति भएको छ । उर्लाबारी क्याम्पसमा बाहेक मोरङमा स्ववियु हुने सबै क्याम्पसमा एमाले निकट अनेरास्ववियु भने सिंगल चुनावमा जाने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु