सिरहामा इँटा उद्योगको पर्खाल भत्किँदा ६ जना मजदुर घाइते
सिरहा । सिरहामा एक इँटा उद्योगको पर्खाल भत्किँदा ६ जना मजदुर घाइते भएका छन् । शनिबार गोलबजार ५ स्थित माँ धमिनी इँट्टा उद्योगको गोलभित्र रहेको पर्खाल भत्किँदा उद्योगमा कायरते ६ जना मजदुर घाइते भएका हुन । घाइते मध्ये एकजनाको अवस्था गम्भिर रहेको छ ।
पर्खालले किचेर ४२ वर्षीय राम विलास सदाय, ३९ वर्षीय देविया सदा, १६ वर्षीय चन्दन सदा, २२ वर्षीय मोदिया सदा, विजय सदा र नगरहा गाउँ पालिकाका जयनाथ सदा घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घाइते मध्ये जयनाथको अवस्था चिन्ताजनक रहेकोले थप उपचारको लागि धरान पठाइएको छ । अरु घाइतेको उपचार गोलबजारस्थित लाइफ लंग क्लिनिकमा भइरहेको छ ।
काँचो इँटा पकाउने गोलभित्र रहेको पर्खाल पुरानो एवम् जिर्ण भएका कारण भत्किएको हुन सक्ने आकलन गरिएको छ । गोलबजार आसपास दुई दर्जन भन्दा बढी ईट्टा उद्योगहरु रहेका छन् । उद्योग संचालकहरुको लापरवाहीका कारण गोलभित्र पर्खाल भत्किएर वर्षेनी मजदुरहरु घाइते र मृत्यु समेत हुने गरेका छन् ।
इँट्टा भट्टा सञ्चालक देवप्रसाद श्रेष्ठले घाइते भएका कामदारहरुको सम्पूर्ण खर्च आफूले व्यहोर्ने जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण