बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सिरहामा इँटा उद्योगको पर्खाल भत्किँदा ६ जना मजदुर घाइते

शनिबार, २७ फागुन २०७९, २१ : ४२
शनिबार, २७ फागुन २०७९

सिरहा । सिरहामा एक इँटा उद्योगको पर्खाल भत्किँदा ६ जना मजदुर घाइते भएका छन् । शनिबार गोलबजार ५ स्थित माँ धमिनी इँट्टा उद्योगको गोलभित्र रहेको पर्खाल भत्किँदा उद्योगमा कायरते ६ जना मजदुर घाइते भएका हुन । घाइते मध्ये एकजनाको अवस्था गम्भिर रहेको छ ।

पर्खालले किचेर ४२ वर्षीय राम विलास सदाय, ३९ वर्षीय देविया सदा, १६ वर्षीय चन्दन सदा, २२ वर्षीय मोदिया सदा, विजय सदा र नगरहा गाउँ पालिकाका जयनाथ सदा घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घाइते मध्ये जयनाथको अवस्था चिन्ताजनक रहेकोले थप उपचारको लागि धरान पठाइएको छ । अरु घाइतेको उपचार गोलबजारस्थित लाइफ लंग क्लिनिकमा भइरहेको छ ।

काँचो इँटा पकाउने गोलभित्र रहेको पर्खाल पुरानो एवम् जिर्ण भएका कारण भत्किएको हुन सक्ने आकलन गरिएको छ । गोलबजार आसपास दुई दर्जन भन्दा बढी ईट्टा उद्योगहरु रहेका छन् । उद्योग संचालकहरुको लापरवाहीका कारण गोलभित्र पर्खाल भत्किएर वर्षेनी मजदुरहरु घाइते र मृत्यु समेत हुने गरेका छन्  ।

इँट्टा भट्टा सञ्चालक देवप्रसाद श्रेष्ठले घाइते भएका कामदारहरुको सम्पूर्ण खर्च आफूले व्यहोर्ने जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप