स्ववियू निर्वाचन : गोरखामा ४ विद्यार्थी संगठनबीच तालमेल
गोरखा । गोरखामा चैत ५ गते हुने स्ववियु निर्वाचनमा चार विद्यार्थी संगठनबीच तालमेल भएको छ । शनिबार बसेको नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू र नेपाल समाजवादी विद्यार्थी युनियनका नेताहरुबीचको बैठकले स्ववियू निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको हो । बैठकले जिल्लाका गोरखा क्याम्पस, द्रव्य शाह बहुमुखी क्याम्पस र भवानी बहुमुखी क्याम्पसको स्ववियू सभापतिका विषयमा भागबन्डा टुंग्याएको छ । जसमा गोरखा क्याम्पस अनेरास्ववियू –क्रान्तिकारी), द्रव्य शाह बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघ र भवानी बहुमुखी क्याम्पसको स्ववियू सभापति नेपाल समाजवादी विद्यार्थी युनियनले पाउने भएका छन् ।
४ विद्यार्थी संगठनको बैठकले गोरखा क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) लाई सभापतिसहित कोषाध्यक्ष र ३ सदस्य दिने निर्णय गरेको छ भने नेविसंघलाई सचिव र सहसचिवसहित ३ सदस्यको टुंगो लगाएको छ । अनेरास्ववियूलाई भने उपसभापतिसहित २ सदस्यको टुंगो लागेको छ । उक्त क्याम्पसमा नेपाल समाजवादी विद्यार्थी युनियनलाई २ सदस्यको टुंगो लागेको छ ।
त्यस्तै द्रव्य शाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघलाई सभापति र कोषाध्यक्षसहित ३ सदस्यको टुंगो लागेको छ भने अनेरास्ववियु (क्रान्तिकारी) लाई उपसभापति र सचिवसहित ३ सदस्यको टुंगो लागेको छ । अनेरास्ववियूले भने सहसचिव र १ सदस्य पाएको छ । द्रव्य शाह बहुमुखी क्याम्पसमा नेपाल समाजवादी विद्यार्थी युनियनलाई ३ सदस्यको टुंगो लागेको छ ।
हेर्नुहोस् बैठकको निर्णय :



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण