चीन : सी जिनपिङले अर्थमन्त्री र केन्द्रीय बैङ्कका गभर्नर परिवर्तन गरेनन्, के हो सन्देश ?
अपेक्षा विपरीत चीनले केन्द्रीय बैङ्कका गभर्नर र देशका अर्थमन्त्री परिवर्तन नगरेर सबैलाई चकित बनाएका छन् । चिनियाँ सरकारमा लगातार फेरबदल भइरहेको छ र राष्ट्रपति सी जिनपिङलाई महत्त्वपूर्ण पदहरू दिइँदै छ । सी जिनपिङ आफैँ पनि तेस्रो पटक राष्ट्रपति बनेका हुन् ।
स्वदेश तथा विदेश दुवै मोर्चामा चुनौतीको सामना गरेका कारण चिनियाँ सरकारमा यी परिवर्तनहरू भइरहेको विश्वास गरिन्छ । यसै अन्तर्गत ली कियाङ अब चीनको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । कियाङलाई जिनपिङको निकै नजिक मानिन्छ ।
तर यी सबका बीच नेसनल पिपुल्स कङ्ग्रेसले ६५ वर्षीय यी ग्याङलाई सेन्ट्रल बैङ्क अफ चाइना (सीपीसी) को गभर्नरमा निरन्तरता दिन अनुमोदन गरेको छ भने ६६ वर्षीय लिउ कुनले पनि अर्थमन्त्रीको रूपमा निरन्तरता पाउने छन् ।
समाचार एजेन्सी रोयटर्सले पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झाङ झिवेईलाई उद्धृत गर्दै भन्यो, ‘सरकारले आफ्ना वरिष्ठ वित्तीय विज्ञहरूलाई परिवर्तन नगरी बजारलाई सकारात्मक सन्देश दिएको छ । विश्वव्यापी आर्थिक दृष्टिकोण अझै चुनौतीहरूले भरिएको छ । यस्तो अवस्थामा वित्तीय र आर्थिक मामिलाको नेतृत्व नफेरिँदा बजारप्रतिको विश्वास बढाउन मद्दत गर्छ ।’
अमेरिकामा अध्ययन गरेका चीनको केन्द्रीय बैङ्क प्रमुख यी ग्याङ सन् २०१८ देखि यो पदमा छन् । पाँच वर्ष यो पदमा रहेर अब अवकाश लिने विश्वास गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण