नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ लगत्तै भण्डारीले शीतल निवास छाड्ने
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण सोमबार दिउँसो १ बजे लिने भएका छन् । राष्ट्रपतिको कार्यालयले पौडेलको शपथ समारोह सोमबार दिउँसो १ बजेका लागि तय गरेको जनाएको छ ।
संविधानअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । तर सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नभएकाले नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारी निजी निवास सर्ने कार्यक्रम तय भएको छ ।
‘दिउँसो १ बजे नयाँ राष्ट्रपतिको शपथ भएकाले २ बजे भित्र उहाँ (विद्यादेवी भण्डारी)ले शीतल निवास छोड्नुहुन्छ’, भण्डारीका स्वकीय सचिव अधिकारीको भनाइ छ ।
पौडेल फागुन २५ गते भएको निर्वाचनमा एमालेका सुवास नेम्वाङलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण