पूर्वप्रधानमन्त्री खनाल र विप्लवबीच भेटवार्ता
आइतबार, २८ फागुन २०७९, २० : २७
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’सहित नेता खड्ग बहादुर विश्वकर्मा ’प्रकान्ड’ बीच भेटवार्ता भएको छ ।
आइतबार खनाल निवास डल्लुमा करिब दुई घण्टा भएको भेटवार्तामा वर्तमान समयसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा कुराकानी भएको छ । त्यसक्रममा कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी औसरवाद हावी हुँदै गएप्रति नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।
उनीहरुबीच आगामी दिनमा सबै बामपन्थीहरुबीच एकताको सम्भावनाबारे कुराकानी भएको नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण