आर्सनललाई पाँच अंकको अग्रता
सोमबार, २९ फागुन २०७९, ०६ : ३४

लण्डन । आर्सनलले फुलहममाथि ३–० को सहज जीत हासिल गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता कायम राखेको छ ।
आइतबार साँझ भएको खेलमा आर्सनलले सबै गोल खेलको पहिलो हाफमा नै गरेको थियो । डिफेन्डर ग्याब्रियलले खेलको २१ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाए । लगत्तै ग्याब्रिएल मार्टिनेलीले टोलीको अग्रता दोब्बर बनाए । यो सिजन लिगमा उनको यो १२ औँ गोल थियो ।
पहिलो हाफको इन्जुरी समयमा कप्तान मार्टिन ओडेगार्डले तेस्रो गोल गरे । तीन गोलको अवसर लियान्ड्रो ट्रोसार्डले सिर्जना गरेका थिए । जीतसँगै आर्सनलको २७ खेलबाट ६६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको सिटीको ६१ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
-
सेयर बजारले खोजेको गभर्नर कस्तो ?
-
स्वयम्भूनाथमा बौद्धमार्गीको घुइँचो, तस्बिरहरू
-
गेटा अस्पतालले माग्यो जनशक्ति
-
लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र : मुख्यमन्त्री आचार्य
-
बुद्धले ‘मैले भनेको भन्दैमा विश्वास नगर’ भनेर कहाँ र कुन परिवेशमा भनेका थिए ?