आर्सनललाई पाँच अंकको अग्रता
सोमबार, २९ फागुन २०७९, ०६ : ३४
लण्डन । आर्सनलले फुलहममाथि ३–० को सहज जीत हासिल गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता कायम राखेको छ ।
आइतबार साँझ भएको खेलमा आर्सनलले सबै गोल खेलको पहिलो हाफमा नै गरेको थियो । डिफेन्डर ग्याब्रियलले खेलको २१ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाए । लगत्तै ग्याब्रिएल मार्टिनेलीले टोलीको अग्रता दोब्बर बनाए । यो सिजन लिगमा उनको यो १२ औँ गोल थियो ।
पहिलो हाफको इन्जुरी समयमा कप्तान मार्टिन ओडेगार्डले तेस्रो गोल गरे । तीन गोलको अवसर लियान्ड्रो ट्रोसार्डले सिर्जना गरेका थिए । जीतसँगै आर्सनलको २७ खेलबाट ६६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको सिटीको ६१ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण