वन फडानी गर्ने वडाध्यक्ष चौधरीलाई अनुसन्धानका लागि म्याद थप
बारा । राष्ट्रिय वन क्षेत्र फडानी गरेको आरोपमा पक्राउ परेका कोहल्वी नगरपालिका वडा नं ५ का नन्दकिशोर चौधरीलाई हिरासतमै राखेर अनुसन्धानको लागि ३ दिन म्याद थप गरिएको छ । डिभिजन वन कार्यालय बाराले आइतबार म्याद थप गरेको हो ।
उनीमाथि कोहल्वी नगरपालिका वडा नं ५ को राष्ट्रिय वन क्षेत्रको साढे ५ हेक्टर जमिनमा हुर्काइएको करिब ९ हजार बिरुवा नष्ट गरेको आरोप छ । डिभिजन वन अधिकृत विनोद सिंहले वडाध्यक्षको नेतृत्वमा फागुन २३ गते फागु पूर्णिमाको दिन राति वन क्षेत्र नजिकै रहेको मन्दिरमा होली मनाउने बहानामा वन फडानी गरेको आरोप लगाए । ‘वडाध्यक्षकै नेतृत्वमा त्यहाँ राति घटना भएको देखिन्छ । ठुलो क्षति भएकाले यो मुद्दा अब अदालतमा जान्छ,’ डिभिजन वन अधिकृत सिंहले भने ।
वन क्षेत्र फडानी भएको सूचना पाएपछि शनिबार बाराका डिभिजन वन अधिकृत सिंहको नेतृत्वमा प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जैशवाल, कोहल्वी नगरपालिका प्रमुख रामप्रसाद चौधरी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत अनुसन्धानको क्रममा वडाध्यक्ष चौधरीलाई वन रक्षकहरूले पक्राउ गरेका थिए ।
स्थलगत रूपमा अनुसन्धान गर्ने क्रममा पटक पटक ताकेता गर्दा अन्तिम समयमा उपस्थित भएका वडाध्यक्षले आफूलाई कसले कहिले फडानी गर्यो भन्ने कुरा केही थाहा नभएको बताएका थिए । साथै स्थानीय प्रशासन प्रमुखहरूको सामुन्नेमापसे गरेर आएका वडाध्यक्ष चौधरीले डिभिजन वन अधिकृत र कर्मचारीहरूलाई अपशब्द समेत बोलेका थिए । डिभिजन वन कार्यालयले वडाध्यक्ष चौधरी विरुद्ध वन ऐन अन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण