७६ प्रतिशत सकियो नागढुंगा सुरुङमार्गको काम
सोमबार, २९ फागुन २०७९, १० : ५२
काठमाडौँ । निर्माणाधीन अवस्थामा रहेको देशकै पहिलो सुरुङमार्गको काम ७.३० प्रतिशत सकिएको छ । नागढुंगा सुरुङमार्ग आयोजनाले दिएको जानकारीअनुसार आजसम्ममा ७६.३० प्रतिशतभन्दा धेरै काम सम्पन्न भएको हो ।
यस अवधिमा आयोजनाको मुख्य टनेल १८ सय ६९ मिटर खनिएको छ । पूर्वपट्टिबाट ८९३ मिटर र पश्चिमपट्टिबाट ९७६ मिटर गरी कूल १८ सय ६९ मिटर मुख्य टनेल खनिएको आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत मुख्य सुरुङको कूल लम्बाई २६सय ८८ मिटर रहेको छ ।
यस्तै, सहायक सुरुङको काम समेत २१ सय २७ मिटर खनिसकिएको छ । सहायक सुरुङको कूल लम्बाई २५ सय ५७ मिटर छ । यो सुरुङ पूर्वपट्टिबाट ११ सय ४७ मिटर र पश्चिमपट्टिबाट ९८० मिटर खनिएको बताइएको छ । हाल आयोजनामा करिब ६०० कामदारले काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण