‘प्रसाद २’ मा भिलेनको रुपमा देखिँदै अर्पण
काठमाडौँ । पछिल्लो समय अर्पण थापा फिल्ममा भिलेनको रुपमा लगातार देखिन थालेका छन् । केही अगाडि प्रदर्शनमा आएको फिल्म ‘लप्पन छप्पन २’ मा पनि उनले भिलेनको अभिनय गरेका थिए । फिल्मले ब्यवसाय नगरेपनि उनको अभिनय तारिफ भएको थियो । यस्तैमा फिल्म ‘प्रसाद २’ मा पनि उनी भिलेनको रुपमा देखिने भएका छन् । निर्माण युनिटले फिल्ममा रहेको उनको भिलेन भुमिका निकै राम्रो रहेको बताएका छन् ।
‘प्रसाद २’ फिल्म ‘प्रसाद’ को सिक्वेल हो । प्रसादमा कलाकार निश्चल बस्नेत भिलेन भूमिकामा थिए । निश्चलको एक गल्तीले नै फिल्मलाई नयाँ मोडमा लगेको थियो । फिल्मका प्रस्तुतकर्ता सुभाष थापाले केही वर्षको अन्तरालपछि ‘प्रसाद २’ निर्माण गरेका छन् । यसपटक, खलपात्रको रुपमा निश्चलको स्थानमा अर्पण थापा रहेको निर्माता थापाले बताए ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको छ । ट्रेलरमा रहेको अर्पण थापाको संवाद, उनको फरक शैलीको गेटअपले दर्शकलाई आकर्षित गरेको छ । फिल्ममा नायक विपिन कार्की, अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका छ । फिल्ममा विपिन र केकीसँग अर्पणको दुश्मनी देखाइएको छ । अर्पणको एक गल्तीले विपिन र केकीको जीवन छिन्न भिन्न भएको कथा ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । सुशिल पौडेलको लेखन रहेको फिल्म चैत्रको २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण