बागमती प्रदेश : प्रशासकीय भवन बनाउन वातावरण मूल्यांकनका लागि अनुमति
मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मकवानपुर जिल्लाको तत्कालीन हटिया गाविस–२ मा प्रशासकीय भवन निर्माणका लागि वातावरण मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई अनुमति दिने निर्णय गरेको छ । उक्त स्थानमा एक सय ९६ कित्ताका ५४ बिघा जग्गा हालै प्रदेश सरकारलाई उपलब्ध गराइएकाले प्रशासकीय भवन निर्माणका लागि सो निर्णय गरिएको हो ।
मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशको विभिन्न जिल्लामा स्वास्थ्यका पूर्वाधार निर्माणका क्रममा भुक्तानी गर्न बाँकी रहेको रु आठ करोड ३९ लाख ३६ हजार रकम भुक्तानी दिने सर्वसम्मतिबाट निर्णय गरेको पनि सरकारको प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए ।
उक्त बैठकले बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपाललाई भारतमा कानुनको उच्च अनुसन्धान एवम् परामर्शसँग सम्बन्धित प्रशिक्षणमा भाग लिन प्रदेश सरकारका तर्फबाट १० दिने भ्रमणका लागि स्वीकृति प्रदान गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण