प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका हुन् ।
‘हामीले तत्काल उपराष्ट्रपतिको चुनाव गर्छौ । त्यसपछि चुनाव सकिएलगत्तै सत्ता साझेदार दलसँग छलफल र परामर्श हुने छ’ माओवादीका एक प्रभावशाली मन्त्रीले भने,‘ हामीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सोचेका छौँ । तर, सत्ता साझेदार दलको बैठकमा कसरी जाने भन्ने सुझाव आउँछ त्यसपछि मात्रै टुङ्गो लाग्छ ।’
प्रधानमन्त्री प्रचण्ड भने विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् पुनर्गठन योजनामा छन् । प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावअघि विश्वासको मत लिन खोजेका थिए । समय अभावका कारण विश्वासको मत लिने कार्यक्रम चुनावपछि धकेलिएको हो । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सरकारमा जाने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण