मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

सोमबार, २९ फागुन २०७९, २३ : ४०
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका हुन् । 

‘हामीले तत्काल उपराष्ट्रपतिको चुनाव गर्छौ । त्यसपछि चुनाव सकिएलगत्तै सत्ता साझेदार दलसँग छलफल  र परामर्श हुने छ’ माओवादीका एक प्रभावशाली मन्त्रीले भने,‘ हामीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सोचेका छौँ । तर, सत्ता साझेदार दलको बैठकमा कसरी जाने भन्ने सुझाव आउँछ त्यसपछि मात्रै टुङ्गो लाग्छ ।’

प्रधानमन्त्री प्रचण्ड भने विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् पुनर्गठन योजनामा छन् । प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावअघि विश्वासको मत लिन खोजेका थिए । समय अभावका कारण विश्वासको मत लिने कार्यक्रम चुनावपछि धकेलिएको हो । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सरकारमा जाने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप