महिला न्यायाधीशलाई धम्की दिएपछि पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानविरुद्ध गैर जमानती वारेन्ट जारी
सोमबार, २९ फागुन २०७९, १६ : ३७
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा गैर जमानती वारेन्ट जारी गरिएको छ । पाकिस्तानको राजधानी इस्लामाबादको एक अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको मामिलामा तहरिक –ए – इंसाफका प्रमुख इमरान खानविरुद्ध गैर जमानती गिरफ्तारी वारेन्ट जारी गरेको हो ।
अदालतले प्रहरीलाई इमरान खानलाई २९ मार्चमा अदालतले पेस गर्न निर्देशन दिएको छ ।
यसअघि सोमबार बिहान यस मुद्दाको सुनुवाइका बेला इमरान खानका वकिलले हाजिरीबाट छुटको लागि निवेदन दिएका थिए, जसलाई अदालतले खारेज गरेको थियो ।
अदालतले अदालतको समयसम्म पर्खने र इमरान खान उपस्थित नभए उनी विरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण