सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले थाले एकीकृत कारोबार
काठमाडौँ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकीकृत कारोबारको थालनी गरेका छन् । दुई इन्स्योरेन्सको मर्जरपछि सोमबारदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
यसैबीच आजै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३–३ जना सञ्चालक रहने गरी सञ्चालक समिति गठन गरिएको छ । जसमा साबिक सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अजिथ आर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंका) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह) गजेन्द्र लाल श्रेष्ठ, (सर्वसाधारण समूह) रसाबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मुल, (संस्थापक समूह) अरुण राज श्रेष्ठ, (संस्थापक समूह) कमल भट्टराई, (सर्वसाधारण समूह) रहेका छन् ।
बैठकले मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको छ भने नवनियुक्त अध्यक्ष आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको शपथ लिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण