इङ्ल्याण्डका खेलाडीलाई हराउँदै नेपाललाई पिकलबलमा स्वर्ण पदक
काठमाडौँ । नेपालका फडेराले इङ्ल्याण्डका खेलाडीलाई हराउँदै नेपालले पिकलबलमा स्वर्ण पदक जितेको छ।
पिकलबल एशोसिएसन नेपालको आयोजना, भानुभक्त आल्मुनी एशोसिएसनको सहकार्य तथा रियो नेपालको सहयोगमा नेपालमा पहिलो अन्तर्राष्ट्रिय स्तरको पिकलबल आयोजना काठमाडौँको बौद्धस्थित स्नोल्याण्ड स्पोर्ट्स एकेडेमीमा सम्पन्न भएको थियो ।
नेपाल लगायत क्याम्ब्रीज पिकलबल क्लबमा आबद्ध बेलायत, पोर्चुगल, इटालीका खेलाडीहरुले ओपन डबल्स, गर्ल्स डबल र मिक्स डबल्स खेलहरुमा समीर पोखरेल, सुवर्ण शाहले डेभिड एम र डेभिड एसलाई फाइनलमा हराउँदै स्वर्ण पदक जितेका थिए भने जनक फडेरा, राधेश्याम मचामसीले डेभिड बी र सिल्भानोलाई हराउँदै स्वर्ण पदक जितेका थिए। त्यसैगरी ओपन मिक्स डबल्समा नेपालका खेलाडी ज्याक्सन सुवेदी र सबल दाहालले तृतीय स्थान हासिल गरेका छन्।
गर्ल्स डबल्समा नेपालका प्रजुना अधिकारी र स्वस्तिका महर्जन तृतीय भएका थिए भने मिक्स डबल्समा नेपालका किरण खनाल र प्रजुना अधिकारीले सिल्भर मेडल जितेका छन्।
टुर्नामेन्टमा रियो नेपाल, एनसिसिएस स्कुल र अरुण चौधरी फाउन्डेसनले स्पोन्सर गरेको थियो। सहयोगी र सहभागीहरुलाई पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए। पछिल्लो समय विश्वब्यापी रुपमा अत्यन्तै लोकप्रिय बनेको खेल नेपालमा पनि लोकप्रिय बन्दै गएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण