सम्बन्धित मुलुकबाटै श्रम भिसाको म्याद थप गर्ने व्यवस्था हुँदै, प्रधानमन्त्री कार्यालयमा पुग्यो फाइल
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा पुगेका कामदारले श्रम स्वीकृतिको म्याद बढाउन अब नेपाल फर्किनु नपर्ने व्यवस्था ल्याउन लागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरेको छ।
श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका कारण स्वीकृतिको लागि फाइल प्रधानमन्त्री कार्यालयमा पठाइएको हो ।
मलेसिया, कतार, दुबई लगायत मुलुकमा श्रम स्वीकृति लिएर गएका कामदारहरू म्याद थप गर्न नेपाल आउजाउ गर्दा झन्झटसँगै आर्थिक भार पर्ने देखिएपछि सरकारले यो कार्यविधि बनाएर लागू गर्न लागेको स्रोतले बतायो।
मन्त्रालयका अनुसार दुई वर्ष श्रम स्वीकृति लिएर बसेका तर अवैध रूपमा काम गरिरहेका कामदारलाई समस्या पर्दा उद्धार गर्न अहिले नेपाल सरकारलाई समस्या भइरहेको छ। अव यो कार्यविधि लागू भएपछि ती कामदारले सम्बन्धित मुलुकमा रहेको दूतावासमै गएर वा बैंकिङ प्रणालीमार्फत दस्तुर तिरेर श्रमको म्याद थप्न सक्छन्।
मन्त्रालय स्रोतले भन्यो, ‘हामीले कार्यविधि बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरेका छौँ, प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ।’ मन्त्रालयका अनुसार ०७८/०८९ मा मात्रै तीन लाख ४८ हजार नौ सय २१ जना कामदार श्रमस्वकृति लिएर वैदेशिक रोजगारीमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण