‘चीन नेपालको उत्कृष्ट निर्यात गन्तव्य बन्न सक्छ’
काठमाडौँ । चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) का उपाध्यक्ष चाङ शाओगाङले चीन नेपालको उत्कृष्ट निर्यात गन्तव्य बन्न सक्ने बताएका छन् । आज काठमाडौँमा आयोजना भएको ‘चाइना–नेपाल बिजनेस फोरम, २०२३’ मा सम्बोधन गर्दै उपाध्यक्ष शाओगाङले यस्तो बताएका हुन् ।
चीन र नेपाल हिमाल र नदीसँग जोडिएका असल छिमेकी भएको बताउँदै आपसमा सहयोगपूर्ण भावना रहेको बताए । ‘विगत ६० वर्षदेखि नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध रहेको र व्यवसायीक सम्बन्ध छ,’ शाओगाङले थपे । चीन नेपालको सबैभन्दा ठुलो विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनेको र चीनले अधिकांश नेपाली वस्तुहरूलाई ‘ड्यूटी फ्री’ गराएको छ ।
शाओगाङले भने, ‘चीनले नेपाललाई धेरै ठुलो अवसर सृजना गरेको छ । नेपालबाट चिया, चिनियाँ घाँस र विभिन्न वस्तुको निर्यात सम्भावना छ ।’ यस्तै, चीन नेपालको सबैभन्दा ठुलो वैदेशिक लगानीको माध्यमसमेत रहेको उनको तर्क छ । गत वर्षको अवधिसम्म चीनले १०.७४ बिलियन अमेरिकी डलरको आयोजनाहरूमा सम्झौता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण