सिकारीले चलाएको गोली लाग्दा एक किशोरको मृत्यु
बुधबार, ०१ चैत २०७९, ०९ : २३
सल्यान । सिकारीको भरुवा बन्दुक पड्किदा सल्यानमा एक किशोरको मृत्यु भएको छ । बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको गोली लागेर मृत्यु हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुकको गोली लागेर घाइते भएका चित्र बहादुर घाइते हुन पुगेका थिए ।
जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । गोली प्रहार गर्ने आइतेलाई प्रहरी पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई इरानको कडा चेतावनी
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
-
सुदूरपश्चिमका जनताको सपनामाथि तुसारापात नगर्न महरको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण