शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

'ए' डिभिजन लिग : आर्मीलाई एपीएफ क्लबले हरायो

बुधबार, ०१ चैत २०७९, १७ : ००
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले जित निकालेको छ । 

बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।

च्यासल मैदानमा एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे । खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन् । 

जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । एपीएफको यो दोस्रो जित हो । 

आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप