'ए' डिभिजन लिग : आर्मीलाई एपीएफ क्लबले हरायो
बुधबार, ०१ चैत २०७९, १७ : ००
काठमाडौँ । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले जित निकालेको छ ।
बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।
च्यासल मैदानमा एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे । खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन् ।
जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । एपीएफको यो दोस्रो जित हो ।
आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण